मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

0
164

मोरङ ,मोरङको कटहरी –६ हुरहुरीयामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ८८८९ नम्बरको मोटरसाइकल राति ९ः५० बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–५ का ३५ वर्षीय सुरजकुमार सरदारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याएपछि तत्काल चिकित्सकले मृत घोषित गरेको थिए ।
मृतकको साथमा सवारी चालक अनुमति पत्र लाइसेन्स लगायतका कागजात फेला नपरेको प्रहरीले जनाएको छ । सडकमा रहेको खाल्डाखुल्डीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here