दार्जीलिङ पहाडमा ‘पश्चिम बंगाल लिम्बू विकास बोर्ड’ गठन

0
157

दार्जीलिङ,

पश्चिम बंगालको दार्जीलिङ पहाडमा ‘पश्चिम बंगाल लिम्बू विकास बोर्ड’ गठन गरिएको छ । लिम्बू समुदायको शिक्षा, रहनसहन, खानपान, भेषभूषा, सांस्कृतिलाई जगेर्ना गर्र्ने उद्धेश्यले वोर्ड गठन गरिएको पश्चिम बंगाल सरकारले जनाएको छ ।

मोहनदास करम चन्द्र गान्धीको मार्ग निर्देशनलाई स्विकार गर्दै भारतलाई अंग्रेजको मुठ्ठिबाट मुक्त गराउन लिम्बू समुदायले ठूलो भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरिएको छ । बोर्डले लामो समयदेखिको माग अनुसार प्राथमिक शिक्षामा लिम्बूभाषालाई समेट्ने तयारी गरिएको जनाएको छ ।

यस्तै विद्यार्थीलाई लिम्बू भाषा सिकाउने, सिलिगुडीमा लिम्बू होस्टेल खोल्ने, तथा लिम्बू जातिहरुको आर्थिक स्तरलाई माथि उठाउनको लागि परियोजना सञ्चालन गर्न बोर्डलाई बजेट विनियोजन गरिएको छ । यसैविच लिम्बू समुदायलाई लिएर कोअपरेटिभ सोसाईटी बनाउने र बाद्य बादनहरु बजाउने कल्चर टीम समेत बनाउने वोर्डको योजना छ ।

लिम्बू पूर्वजहरुमध्ये दार्जीलिङ, सुनदाहका स्वर्गिय तेजबहादुर लिम्बू र लक्ष्मण लिम्बू जस्ता भारतीय स्वतन्त्रता सेनानीहरुको त्याग र योगदानलाई कदर गर्दै पश्चिम बंगाल सरकारले सन् २०१६ जुन २२ मा नै ग्याजेट प्रकाशित गरेर ट्राउटबलको दर्जा प्रदान गर्दै सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here