पाकिस्तानी ड्रोनले भारतमा अढाई किलो हेरोइन खसालेपछि

0
167

काठमाडौँ,

भारतको पञ्जाब राज्यमा पाकिस्तानी ‘ड्रोन’ मार्फत् खसालिएको लागूऔषध हेरोइनसहित एक जना पक्राउ परेका छन् । पाकिस्तानबाट उडेको चालकरहित हवाई उपकरण ड्रोनमार्फत् भारतमा २.६ किलो हेरोइन खसालिएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पञ्जाब राज्यको फजिल्का जिल्लास्थित पाकिस्तानसँगको सीमावर्ती बरिके गाउँमा ड्रोनले हेरोइन खसालेको थियो ।

ड्रोनले शंकास्पद वस्तु खसालेपछि सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले निरीक्षण गरेका थिए । निरीक्षणपछि उक्त वस्तु हेरोइन रहेको खुलेको थियो ।

घटनापछि सुरक्षाकर्मीले एक जना आरोपीलाई पनि पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एएनआईले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here