बिर्तामोड , नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुलचोक, ललितपुरको आयोजना तथा चेम्बर अफ कमर्स झापाको सहआयोजनामा झापाको बिर्तामोडमा हस्तकला सीप प्रवर्द्धन कार्यक्रम शुरु भएको छ । हस्तकला सीप प्रवर्द्धन कार्यक्रम अन्तर्गत मकैको खोस्टा तथा वाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने तालिम बिर्तामोडमा मंगलबारबाट शुरु भएको हो । चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षता तथा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका महानिर्देशक शरदविक्रम राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चेम्बर अफ कमर्स झापाका उपाध्यक्ष याम विमलीले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, मेची चेम्वरकी अध्यक्ष रुक्मणी आचार्य, प्रमुख प्रशिक्षक आमा हस्तकला तथा प्रशिक्षण केन्द्रकी प्रमुख तारा थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष तथा प्रदेश सदस्य सन्तोष अग्रवाल, महिला चेम्वर झापाकी महासचिव शर्मिला शाक्य, महिला चेम्वर बिर्तामोड नगर अध्यक्ष संगीता चिमरियालगायतको आतिथ्य रहेको थियो । १५ दिनसम्म सञ्चालन हुने तालिमको प्रमुख प्रशिक्षकमा आमा हस्तकला तथा प्रशिक्षण केन्द्रकी प्रमुख तारा थापा र सहायक प्रशिक्षकमा रानु ठकुरी शाह रहेका छन् । तालिममा नेपाल उद्यमशील महिला संघ झापा,महिला चेम्वर झापालगायतका संघसंस्थाका ३० जनाभन्दा वढी महिलाको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन चेम्बर अफ कमर्स झापाका महासचिव प्रदिप खरेलले गरेको शत्रुघन रौनीयारले जानकारी दिए ।
बिर्तामोडमा हस्तकला सीप प्रवर्द्धन कार्यक्रम
१२ पुष २०७९, मंगलवार मा प्रकाशित
प्रतिकृया व्यक्त गर्नुहोस् ।