बाक्लो हुस्सु बढेसंगै सवारी दुर्घटना कम गर्न रिफ्लेक्टर

0
204

पथरीशनिश्चरे,

पछिल्ला केही दिन यता पुसको जाडो र बाक्लो हुस्सु बढ्दै गएपछि पुर्व पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टर टाँस्न थालेको छ।

मोरङ्गको सुन्दरहरैचा ७ स्थित गोठगाउमा सम्भावित दुर्घटना न्यून ‘रिफ्लेक्टर’ टाँस्ने अभियान नै चलाएको हो। केही दिनयता जाडो बढे संगै तराईका स्थानहरुमा बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेको छ भने तापक्रम घट्दै जाँदा चिसो समेत बढी बाक्लो हुस्सु लाग्दा सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ र दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको प्रहरीले जनाएको छ।

हुस्सू लागेको अवस्थामा सवारी साधनमा ‘रिफ्लेक्टर’ (टल्किने स्टिकर’) टाँस्न थालेको ट्राफिक प्रहरी पोष्ट गछियाका प्रहरी सहायक निरीक्षक गणेश दाहालले बताएका छन्। उक्त अवसरमा सुन्दरहरैचाका सामाजिक अभियन्ता तथा स्थानीयहरूले समेत रिफ्लेक्टर टाॅस्ने अभियानको सहजीकरणमा सहयोग पुर्याएको सामाजिक अभियन्ता पोष्ट कुमार श्रेष्ठले बताएका छन्।

टल्कने बस्तु टाँसिएका सवारी साधनलाई अर्को सवारी साधनका चालक, यात्री र पैदलयात्रीले समेत स्पष्ट देख्ने भएकाले सतर्कता अपाउन मद्दत गर्ने प्रहरिले जनाएको छ। ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको र हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here