पथरीशनिश्चरे ८ द्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

0
134

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्ना वडाका ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

मंगलबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तर्गत आफ्नाे वडाका त्यतिको संख्यामा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

जस अनुसार वडा नं १ मा रहेको पथरी बहुमुखी क्याम्पस पढ्ने २२ जनालाई ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ भने सोही वडाको बुद्ध माबि. ११ तथा १२ मा पढ्ने १४ जनालाई २८ सयका दरले छात्रवृत्ति प्रदान गरिएको वडा अध्यक्ष नवीन जंग कार्कीले जानकारी दिनुभयो ।

“आफ्नै क्याम्पस पथरी बहुमुखी पढौँ, छात्रवृत्ति पाई अगाडी बढौं” भन्ने नारा साथ अगाडी सारिएको छात्रवृत्ति कार्यक्रमले आफुहरुलाई पठनपाठनमा सहयोग पुर्याएको सहभागी विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन्।

छात्रवृत्ति वितरण कार्यक्रममा वडाभित्रका कसैले पनि आर्थिक अबस्था कमजोर भएकै करण पठनपाठन गर्न बन्द गर्न नपरोस् भनेर यो कार्यक्रमको सुरुवात गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताएका छन् । सोही अवसरमा वडा अध्यक्ष कार्कीले छात्रवृत्ति कार्यक्रम ५ बर्षसम्म नै निरन्तर चल्ने भन्दै विद्यार्थीहरुले वडाको सबै तथ्यांक संकलन गर्न सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोले वडा नम्बर ८ ले सुरुवाती समय देखि नै जनमुखी कामहरु गर्दै आएकोले आफुलाई खुसी लागेको कुरा ब्यक्त गर्दै नगरपालिकाले सबै शाखाहरु भन्दा शिक्षा शाखामा बढी बजेट बिनियोजन गरेको बताउनुभयो ।

सोहि अवसरमा पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिनाले ” यस्तो किसिमको कार्यक्रमबाट अरु सबै वडाहरूले पनि सिक्नुपर्ने ” बताउँदै छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई समेत बधाई दिएका थिए ।

बुद्ध माविका सहायक प्रधानाध्यापक भरतबहादुर खड्काले संचालन गरेको कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी बिश्वकर्मा, बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देल, छात्रवृत्ति पाउने विद्यार्थी र अभिभावकहरुको उल्लैखनीय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here