महिला चेतना बहुउद्देश्यीय सहकारीको नेतृत्व चयन

0
196

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः नीलाकुमारी दाहाल चयन भएकी छिन् ।

संस्थाको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागि उनी पुनः अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

त्यसैगरी नवगठित सञ्चालक समितिको उपाध्यक्षमा भोलादेवी भट्टराई, सचिवमा गीता अधिकारी, सहसचिवमा गंगादेवी कट्टेल र कोषाध्यक्षमा गोमादेवी खतिवडा चयन भएका हुन् ।

त्यस्तै समितिको सदस्यहरुमा आशा राई, तुलसा गहतराज, देवीकुमारी घिमिरे, बेनुका लामिछाने दाहाल, लीलादेवी मगर र सोमन लुँइटेल चयन भएका छन् । सोही सभाले हुमा गौतम पोखरेलको संयोजकत्वमा गंगा थापा र इन्दिरा दुलाल चिमरीया सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

समितिकी अध्यक्ष दाहालको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

सभामा अध्यक्ष दाहालले संस्थाको गत आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन, संस्थाकी व्यवस्थापक उमा थापाले चालु आर्थिक वर्ष ०७९/०८०को बजेट, नीति तथा कार्यक्रम, लेखा समितिकी संयोजक सोमन लुँइटेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी दुई करोड ३२ लाख १३ हजार चार सय रुपैयाँ, जम्मा बचत आठ करोड ४७ लाख १० हजार दुई सय ६९ रुपैयाँ, जम्मा ऋण लगानी नौ करोड ६६ लाख ८५ हजार एक सय ८१ रुपैयाँ, जगेडा कोषमा एक करोड सात लाख २९ हजार चार सय २२ रुपैयाँ, अन्य कोषमा ७० लाख ३१ हजार तीन सय सात रुपैयाँ, कर्जा जोखम कोषमा २५ लाख ६४ हजार ६ सय ७३ रुपैयाँ र खुद नाफा ३३ लाख २४ हजार आठ रुपैयाँ उल्लेख गरेको छ ।
सोही सभामा ज्येष्ठ सेयर सदस्यहरु धनमाया मगर, भगवती खड्का र राममाया बस्नेत, असल उद्यमीतर्फ खीनमाया दर्जी र बुधमाया चौधरी, उत्कृष्ट बचतकर्ता मुना लम्साल, उत्कृष्ट बाल बचतकर्तातर्फ आयुष थारु, इच्छा चौहन र रिद्दीमा मैनाली तथा उत्कृष्ट कर्मचारीतर्फ इन्द्रमाया मगरलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

त्यसैगरी सभामा सञ्चालक समितिका पूर्व पदाधिकारी तथा सदस्यहरु पार्वतादेवी न्यौपाने भट्टराई, कृष्णकुमारी मगर, उर्मिलाकुमारी बोहोरा र लीला दर्जी तथा लेखा समितिका निवर्तमान सदस्यद्वय अम्बिका पुरी र सीता आचार्यलाई विदाइ गरिएको थियो ।

सभामा अर्जुनधारा–४का वडाध्यक्ष अम्बर कटुवाल, अर्जुनधारा नगरपालिकाका पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राई, बिर्तामोड नगरपालिकाका सामाजिक विकास अधिकृत डिल्ली दाहाल, झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटा, समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिकी सदस्य गंगादेवी कट्टेलले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here