प्रदेश १ : राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला

0
166

विराटनगर, 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्।

शुक्रबार झापामा भएको संसदीय दलको बैठकले सिटौलालाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाईंले जानकारी दिइन्।

राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्। प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित २ जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here