राजगढ पोलिक्निकमा २८१ जनाको निःशुल्क स्वास्थ्य जाँच

0
182

झापा, बाह्रदशी गाउँपालिका – ३ स्थित राजगढमा रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 
ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउने मध्ये सवैभन्द्या धेरै उच्च रक्तचाप,मधुमेह, पेट, छाती र दमका विरामी धेरै रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक पदम राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार रक्तचाप,मधुमेह जस्ता रोगीको संख्या १ सय २९ जना रहेको बताइएको छ । त्यस्तै नाक , कान, घाँटी सम्वन्धी विरामीको संख्या ५७ जना र हाड जोर्नी तथा नसाका विरामीको संख्या ९५ जना पाइएको छ । उनीहरुलाई झण्डै एक लाख मूल्य बरावरको निःशुल्क औषधि समेत बितरण गरिएको छ ।
शिविरमा डा पोषण रमण त्रिपाटी,निरज रौनियार, प्रविण तिम्सिनाले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा सहभागीलाई रगत परीक्षणमा र भिडियो एक्स – रे मा समेत २५÷२५ प्रतिशत छुट दिइएको थियो ।
हरेक वर्ष ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक राजवंशीले आफ्नो जन्म दिनको अवसर पारेर त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क स्वास्य शिविरको आयोजना गर्दै आएक छन् । यस वर्षपनि उनले आफ्नो जन्म दिनको अवसरमा शिविरको आयोजना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here