पथरी शनिश्चरे नगरप्रमुख तुम्वापोद्वारा पुल र तटबन्धनको निरीक्षण

0
207

पथरी शनिश्चरे,

मोरङ्गको पथरीशनिश्चरे २ को कसेनी स्थित बग्राहा कटान रोक्नका लागि तटबन्धनको काम सुरु भएको छ।

नगरप्रमुख मोहन प्रसाद तुम्वापोले अवलोकन तथा निरीक्षण गर्नुहुदै उक्त कार्यको सुरूवाती अवस्थाबारे जानकारी लिनुभएको हो। गत वर्ष सो क्षेत्रमा बक्राहा नदिले वडाको केही भुभाग कटान गरेको थियो। सोहि कटान नियन्त्रण गर्नका लागि यस वर्षको असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी १७० मिटर लामो तटबन्धन निर्माण कार्य सुरु भएको हो।

कोशी बग्राह नियन्त्रण परियोजनाले ६५ लाख रूपैयाँ बराबरको बजेट विनियोजन गरेपछि त्यहाँ तटबन्धन कार्यको थालनी भएको छ। त्यस्तै, सोही क्षेत्रको कसेनीमा २ वटा वडाहरु जोड्नका लागि पक्की पुल निर्माणको कार्य थालनी भएको छ।

चालु आर्थिक वर्षमा वडाबाट विनियोजन गरिएको १० लाख रुपैयाँ बराबरको बजेटले पुल निर्माणको प्रारम्भिक कार्यबारे नगर प्रमुख तुम्वापोले निरीक्षण गर्नुभएको थियो।कुल २० लाख बराबरको लागत स्टिमेन्ट रहेको उक्त पुल निर्माण सम्पन्न गर्न नगरपालिका समक्ष माग गर्दै अर्को आर्थिक वर्षको वडा कार्यालयको बजेट पनि समावेश हुने वडा अध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो ।

वडा २ र ३ जोड्ने कसेनी पुलको निर्माणपछि स्थानीय जनता सहित विद्यालय जाने उमेरका बाल बालिकाहरू सहजता मिल्ने वडा अध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here