चकलेटको डब्बामा लुकाएर ब्राउन सुगर ल्याएपछि…

0
2

झापा,

झापामा चकलेटको डब्बामा लुकाएर लागू औषध ब्राउन सुगर ल्याउने दुई जना पक्राउ परेका छन् ।

झापा गाउँपालिका–१ बिलाईतीबारीस्थित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटरलाई शंका लागी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा स्कुटरको पछाडिको डिकीभित्र चकलेटको डब्बामा प्याक गरी प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको करिब ४ ग्राम ११० मिलिग्राम ब्राउन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले स्कुटर चालक कनकाई नगरपालिका–४ निवासी २८ वर्षीय साजन माझी र ३३ वर्षीय विक्रम चौधरीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here