६० हजार ६० चक्की प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

0
2

इटहरी।

सुनसरीको इटहरी उप–महानगरपालिका–११ बाट ५१ हजार नौ सय ५२ चक्की प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप–महानगरपालिका–११ मा डेरा बस्दै अएका भारत बिहार नरपतगंजका २९ वर्षीय मो. सहनेवाजलाई ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सहनेवाजको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here