महिला चेतनाको शेयर सदस्य लक्षित निःशुल्क स्वास्थ्य शिविर

0
2
अर्जुनधारा । 
संस्थामा आबद्ध शेयर सदस्यहरुको स्वास्थ्यलाई लक्षित गरि झापाको अर्जुनधारा नगरपालिका–७स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अर्जुनधारा–४ स्थित स्वास्थ्य चौकीमा संस्था सञ्चालक समितिकी कार्यवाहक अध्यक्ष भोलादेवी भट्टराईको अध्यक्षतामा आयोजित उक्त शिविरको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष अम्बरबहादुर कटुवालले गरेका थिए ।
बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा जनरल फिजिसियन डा. सौरव श्रेष्ठ, बालरोग विशेषज्ञ डा. अस्मी राना मगर, स्त्री रोग विशेषज्ञ डा. सदीक्षा खड्कालगायतले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य परीक्षणसहित औषधि पनि वितरण गरिएको शिविरमा २२५ जनाले सेवा लिएको संस्थाकी व्यवस्थापक उमा थापाले जानकारी दिइन् । व्यवस्थापक थापाले शिविरको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गीता अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here