इलाम।

इलामको सन्दकपुर गाउँपालिका–३ कोइराला गाउँबाट एसएलआरको राउण्डसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
सो स्थानमा शंकास्पद तरिकाले बसिरहेको सूचनाका आधारमा प्रहरी चौकी बन्दुके इलामबाट खटिएको टोलीले इलाम नगरपालिका–५ बिब्ल्याटेका १८ वर्षीय विश्वास राईलाई चेकजाँच गर्दा उनको साथबाट विभिन्न सामग्री बरामद गरेको हो ।
प्रहरीले उनको साथबाट प्रहरीको निलो रुकस्याक झोला एक थान, एसएलआर राइफलको राउण्ड २५ थान, चार्चर ब्रिज पाँच थान, बिन्दुलि एक थान, नगद १६ हजार सात सय २५, अलैँची टिप्न प्रयोग हुने घरेलु हतियार सिकल चार थान, हँसिया एक थान, रेड्मि मोबाइल एक थान, भारतीय सिमकार्ड एक थान र ब्याट्री नभएको कालो मोबाइल एक थान बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा विश्वास राईले काठमाडौं रत्नपार्क छेउको प्रहरी कार्यालयबाट जेन्जी आन्दोलनका क्रममा लुटिएको राउण्ड भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । हाल युवकलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ ।






























