दोस्रो अन्तराष्ट्रिय ‘कुकिङ कम्पोडिसन’ दमकमा, ४५ वटा देशका शेफको सहभागिता

0
2

कमल ।

नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेण्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ दमकमा आयोजना हुने भएको छ ।

प्रतियोगिता आगामी जेठ १ र २ गते (मे १५ र १६ २०२६ ) दमक स्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा दुई दिनसम्म सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
छ ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ । प्रतियोगिताको मुख्य उद्देश्य देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजक अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रिय महासचिव दीपक कार्कीले बताउनुभयो ।

कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ जस अन्तरगत फुड फेस्टिभल,लाइभ कुकिङ डेमो तथा सांस्कृतिक प्रस्तुति रहेन महासचिव कार्कीले बताउनुभयो । प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी मार्फत करिब ४५ वटा देश बाट शेफहरूको सहभागिता रहने भने कार्यक्रम स्थलमा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रदर्शन गरिने कार्कीले बताउनुभयो ।

प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार प्रथम स्थान हासिल गर्ने प्रतियोगिले एक लाख रुपैया, द्वितीयले ७५ हजार तथा तृतीयले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसका साथै, प्रतियोगितामा सहभागी इच्छुक प्रतिभाहरूका लागि जॉब प्लेसमेन्ट (रोजगार अवसर) को प्राप्त गर्ने छन् । जसले प्रतिभाशाली शेफहरूलाई भविष्यमा रोजगारीका अवसरसँग जोड्न मद्धत पुग्ने अन्तरास्ट्रिय नेपाली सेफ सोसाईटीका अध्यक्ष अरुण अधिकारीेले बताउनुभयो ।

आयोजकका अनुसार, यस कार्यक्रमले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई विश्वमञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । नेपाल सेफ सोसाइटीका महासचिव कार्कीले देशभर तथा विदेशमा रहेका इच्छुक सहभागीहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न आह्वान समेत गर्नु भएको छ ।

दमकमा हुन लागेको अन्तराष्ट्रिय स्तरको प्रतियोगिता लाई सफल पार्न आवश्यक सहयोग र सहकार्य गर्न आफु र आफ्नो टिम प्रतिबद्ध रहेको आस्था कलेज ग्रुपका कार्यकारी प्रमुख टेकनाथ भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here