साइकलको सिटमुनि लुकाएर ब्राउन ल्याएपछि…

0
2

भद्रपुर ।

भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा साइकलको सिटमुनि लुकाएर ब्राउन सुगर ल्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मेची पुल बिटमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको साइकल यात्रीलाई शंका लागी चेकजाँच गरेको थियो।

प्रहरीले चेकजाँचका क्रममा भद्रपुर नगरपालिका–७ मेघा टोल बस्ने अन्दाजी २४ वर्षीय सुमन मुखियाले चलाएको साइकलको सिटमुनि लुकाइछिपाई राखेको लागुऔषध ब्राउन सुगर प्लास्टिक बाहेक ७ ग्राम ७६० मिलिग्राम फेला परेको थियो । साथै मुखियाको साथबाट नगद रु। ९ हजारसमेत बरामद गरिएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here