अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–११स्थित सालबारीमा यही वैशाख ७ गतेदेखि श्रीमद्भागवत सप्ताह महापुराण शुरु भएको छ ।
स्थानीय ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको आयोजना गरिएको उक्त महापुराण सामुहिक हितको कार्य, पूण्य आर्जन, पितृमोक्ष, समाज र राष्ट्रहितको कामना गर्ने उद्देश्यले आयोजना गरिएको महापुराण आयोजक समारोह समितिका संयोजक धु्रवकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी आयोजक संस्थाको लागि आवश्यक भूमि खरिद गरी भवन निर्माण गर्ने लक्ष्यलाई पनि महापुराणले टेवा पुग्ने आयोजकको विश्वास रहेको छ । यही वैशाख १३ गतेसम्म महापुराणको प्रमुख कथावाचक आचार्य पण्डित अर्जुन नेपाल र उपवाचक आचार्य पण्डित रामप्रसाद मिश्र रहेका छन् ।
महापुराण आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त महापुराणको प्रमुख अतिथि सामाजिक व्यक्तित्व नरहरि चापागाईंले उद्घाटन गरेका थिए ।































