झापामा लापसे र मापसे गरी सवारी चलाउने चालक कारबाहीमा

0
2

बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक नियम उल्लघन गर्नेहरुलाई धमाधम कारबाहीको दायरामा ल्याउन थालेको छ ।

यसैक्रममा दमकमा लागूपदार्थ सेवन(लापसे) र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरू कारबाहीमा परेका छन् । दमक नगरपालिका–४ ताराबारीमा गरिएको ट्राफिक प्रहरी चेकजाँचमा सात जना कारबाहीमा परेका हुन् ।

५४ जना चालक तथा सहचालकलाई लापसे चेकजाँच गर्दा तीन जना चालक तथा दुई जना सहचालकको परीक्षणमा पोजेटिभ देखिएको छ भने दुई जनाले मापसे समेत गरेको फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राईले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही शुरु गरिएको बताइएको छ । दमक नगरपालिका र दमक अस्पतालको सहकार्य तथा इलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लापसे र मापसे स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच गरिएको थियो ।

दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यका साथ झापाका विभिन्न स्थानमा समय–समयमा लापसे तथा मापसे चेकिङ गर्ने गरेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here