दिक्तेल बहुमुखी क्याम्पसलाई पूर्वविद्यार्थी मञ्चको पुस्तक उपहार

0
119

खोटाङ,

दिक्तेल बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीले क्याम्पसलाई पुस्तक उपहार स्वरुप उपलब्ध गराएका छन् । डा धनप्रसाद सुवेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पूर्वविद्यार्थी मञ्चले क्याम्पसलाई रु २४ हजार छ सय ४१ बराबरको पुस्तक उपहारस्वरुप उपलब्ध गराएको हो ।

विभिन्न दाताबाट जुटाइएको २३ प्रकारका एक सय आठ थान पुस्तक मञ्चका उपाध्यक्ष राजेन्द्र राईले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाललाई हस्तान्तरण गर्नुभयो । क्याम्पसका विद्यार्थीलाई पाठ्यक्रम र सन्दर्भ सामग्रीका रुपमा उपयोग हुने किसिमका पुस्तक सङ्कलन गरेर प्रदान गरिएको मञ्चले जनाएको छ ।

मञ्चले साझा कथा, ‘नासो’, ‘ऋतुविचार’, ‘राजेश्वरी’, ‘सुलोचना’, ‘नरेन्द्र दाइ’, ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, ‘भाषा पाठ्यक्रम’, ‘प्रयोगिता भाषा विज्ञान’लगायतका पुस्तक प्रदान गरेको छ ।

मुन्धुम अध्येता भोगीराज चाम्लिङ, डा विष्णुकुमार सिंजाली, बम बानियाँ र राजुविक्रम चाम्लिङको सहयोगमा क्याम्पसका लागि पुस्तक जुटाइएको मञ्चका उपाध्यक्ष राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here