शिवसताक्षीमा प्रधानाध्यापक नियुक्ति विवादमा

0
132

विनोद सापकोटा
झिलझिले ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेको राष्ट्रिय रमणीण आदर्श माध्यमिक विद्यालयको प्रअ नियुक्ति प्रकृयामा विवाद भएको छ । शिवसताक्षी नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अधिकारलाई नियन्त्रण गर्न खोजेपछि विवादले उग्ररुप लिएको हो ।

खास गरेको यो विवाद नेपाली कांग्रेस र एमाले विचको टकरावका कारण भएको स्थानियको बुझाई छ । नेकपा एमालेको बहुमत रहेको शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसको झिनो सहभागिता छ । त्यसैलाई केन्द्र बनाएर राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको विवाद उत्सर्गमा पुगेको हो ।

मंगलबार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शिवसताक्षी नगरपालिकाघेराउगर्दै नाराबाजी गर्यो । नगरको शिक्षा क्षेत्रमा राजनीतिक करण गरेको भन्दै नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले नाराबाजी गरेको नेपाली कांग्रेस शिवसताक्षीका सभापती अशोक वस्नेतले बताए ।

आक्रोशित बनेका विद्यार्थीहरूले नगरपालिकाको मुख्य प्रवेशद्वारको ढोका समेत भत्काइदिएका थिए । शिवसताक्षी–११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवाद बल्झिएसँगै नेविसंघ झापाका सहसचिव राजेन्द्र उप्रेतीको नेतृत्वमा गएका विद्यार्थीहरूको टोलीले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरूले शिक्षा अधिकारी छवि ढकाल राजीनामा दे, शिक्षामा राजनीतिकरण बन्द गर, तानासाही मुर्दावादी, विधिको शासन पालना गर भन्दै नाराबाजी गरेका थिए ।

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि नगरपालिकाभित्र व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रअ नियुक्तिको विषयमा विद्यार्थीहरूले नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिएसँगै त्यसको समाधानका लागि नगर प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले तत्काल सरोकारवालासहितको सर्वपक्षीय बैठक बोलाएका थिए । सो बैठकमा नगर प्रमुख थोप्राले राष्ट्रिय रमणीय आदर्श माविको प्रअ नियुक्तिको विवाद सात दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएपछि नेवि सङ्घले आन्दोलन स्थगन गरेको जनाइएको छ ।

विवाद कसरी भएको थियो

राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक कालीप्रसाद रिजालको अनिवार्य अवकाश भएपछि विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षा शास्त्रमा स्नातकतह )विएड)उत्तीर्ण शिक्षक लालमणि सुवेदीलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद सुरु भएको थियो ।

प्रधानाध्यापकका लागि लालमणी सुवेदी सिनियर भएको शिवसताक्षी नगरपालिकाका शिक्षा शाखाका प्रमुख छवि ढकालले बताए । उनले भने, ‘लालमणी सुवेदीको मावि दितिय बढुवा ०७४/१२ /१४ मा भएको हो । अर्का आकाक्षी श्रीप्रसाद खरेलको ०७९/०९/१३ मा भएको हो ।यसैलाई आधार मान्ने हो भने सुवेदी खरेल भन्दा ४ वर्ष ८ महिना २९ दिन सिनियर हुन्,’ उनले भने । म पनि प्रधानाध्यापकको लागि योग्य उम्मेद्वार हुँ भनेर खरेलले शिक्षा साखामा निवेदन गरेपछि त्यस उपर सुनवाई कार्यपालिका वोर्डले गरेको उनले बताए । हामीलाई जो भएपनि कुनै आपत्ति भएन । तर, निवेदन आएपछि सुनवाइ का लागि कार्यपालिकावोर्डमा खरेलको निवेदन पठाइएको ढकालले बताए ।

शिक्षा ऐन २०२८ को परिच्छेद १७ को दफा २ मा शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरहको परीक्षा उतीर्ण गरी माध्यमिक तहमा १० वर्ष स्थायी सेवा गरेको शिक्षक माध्यमिक तहको प्रधानाध्यापक पदमा उम्मेदवार हुन पाउने छ भनि उल्लेख गरेको छ । प्रधानाध्यापक पदका अर्का आकाक्षी श्रीप्रसाद खरेलले स्नातकोत्तर उतिर्ण गरेका हुन् ।

उनी १० वर्ष दे्खी नै माध्यमिक शिक्षकका रुपमा कार्यरत छन् । तर माध्यमिक तहको प्रधानाध्यापक नियक्तीका लागि उनि उम्मेद्वार चै हुन् योग्य चै नभएको शिवसताक्षी नगरपालिपकाका एक पुराना शिक्षा अधिकारीले बताए । उनले भने,‘ अरु केहि होइन् नेकपा एमाले र नेपाली कांग्रेसको टकरावका कारा विद्यालयको प्रधानाध्यापक नियुक्ती प्रकृया विवादमा पर्यो ।’

माद्यमिक तहको दितिय श्रेणीमा खरेल भन्दा ४ वर्ष ८ महिना अघि बढुवा भएकै कारणले सुवेदी प्रधानाध्यापकका लागि योग्य भएको जानकारले बताएका छन् । बखेडा झिकेर विवाद गर्नुमा कुनै तुक नरहेको शिक्षाकै अर्का उपसचिव ले बताए । सिनियर हो होइन भन्ने कुरा शैक्षिक योग्यताले देखाउदैन । पद र तहले देखाउने उनले बताए । स्वभावैले सुवेदी सिनियर भएकै कारणले पनि खरेलको भन्दा सुवेदीले नेपाल सरकारबाट सुविधा बढी पाउने गरेको विद्यालयका एक शिक्षकले बताए ।

विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय प्रकृया सम्मत भएको धेरै प्रधानाध्यापकले बताएका छन् । ‘प्रधानाध्यापक नियुक्ती विद्यालय व्यवस्थापन समितिले नै गर्ने हो । स्थानिय पालिकाले होइन । पालिकाले गर्ने हो भने किन चाहियो व्यवस्थापन समिति ?’ ती उपसचिवले भने ।

बैंक खाता सचालनका लागि स्थानिय पालिकामा नव नियुक्त प्रधानाध्यापक नियुक्तीको जानकारी सहित बैंकलाई पत्राचार पालिकाले गर्ने हो । तर पालिकाले बेतुकको नियम बनाएर अमुक व्यक्तिको नाममा खाता खोल्न सिफारिस गर्नु भनेको विद्यालय व्यवस्थापन समितिको अधिकार कुठित गर्नुहो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here