भरुवा बन्दुकसहित राई पक्राउ

0
194

सङ्खुवासभा,

सङ्खुवासभाको पाचखपन नगरपालिका-१ का ३८ वर्षीय टेकबहादुर राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

राईले घरमा नै अवैध रुपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here