झापाको निन्दा पुलमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु

0
206

झापा ।

झापामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१ निवासी ३३ वर्षीय सुसाहाङ नेम्वाङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साढे ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- ७ स्थित निन्दा पुलमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिसा तर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पुलको रेलिङमा गएर ठोक्किएको थियो ।

पुलमा ठोक्किएको मोटरसाइकललाई पछाडिबाट आएको ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही मोटरसाइकलका चालक नेम्वाङ गम्भीर घाइते भएका थिए । टाउको चोट लागेको नेम्वाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेको डीएसपी पाठकले बताए ।

यता इलाका प्रहरी कार्यालय धुलाबारीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here