झापामा खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

0
183

झापा ।

झापामा खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

भोजपुर जिल्ला अरुण गाउँपालिका- १ घर भई हाल झापा अर्जुनधारा नगरपालिका- ९ स्थित खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङलाई कुटपिट गरेका थिए ।

मादकपदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमिलाको पेट र छातीमा निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

मंगलबार साँझ साढे ७ बजे घर बनाउने मिस्त्रीको काम गर्दै आएका विश्वराज घरमा उपचारका लागि भोजपुरबाट आमासमेत आएको भन्दै मासु लिएर घर जाँदा श्रीमतीले विहानदेखिको भाँडा नमाझेको र बेलुकाको खाना पनि नपकाएको निहुँमा कुटपिट गरेको घटनाको प्रारम्भिक अनुसंन्धानले देखाएको प्रहरीले जनाएको छ ।

यता घटना भएलगतै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले विश्वराजलाई पक्राउ गरेको छ । उनलाई आवश्यक कारवाहीका लागि बिर्तामोडमा राखिएको छ ।

विश्वराजको पहाडमा जेठी श्रीमती र दुई छोराछोरी रहेको छ भने मृतक प्रमिलाको पनि पहिलाको श्रीमानको एक छोरा र एक छोरी र अहिलेको श्रीमानको तर्फबाट आठ बर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here