इलाम ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा दानाबारीले पूर्वाञ्चलकर्मी दैनिकका समचारदाता विमल दहाल सहित ३ जनालाई सम्मान गरेको छ।
रेडक्रस सोसाइटी दानाबारी उपशाखाको १८औं साधारणसभामा दहाल सहित पत्रकार हरि असीम अधिकारी र माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेललाई कदरपत्र सहित दोसल्ला अोडाएर सम्मान गरिएको छ।
दानाबारी शाखा स्थापना काल देखिने अवरत रुपमा रेडक्रसका गतिबिधि प्रसारण तथा प्रकाशन गरे वापत दहाल र अधिकारीलाई तथा कोभिड लगायतका जटिल अवस्थामा समेत माईवासीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएकोमा जनस्वास्थ्य निरीक्षक पुष्कर कट्टेललाई प्रमुख अतिथि मेयर खम्बा सिं लिम्बु र निबर्तमान मेयर दिपक कुमार थेवेले सम्मान गर्नु भएको रेडक्रस दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमले जानकारी दिनुभयो।

मानवीय सेवामा समर्पित रेडक्रसले गत वर्ष सन्चालन गरेको शिविरमा योगदान गरे वापत सो समयमा प्रदान गर्न बाँकी ५ जना स्वास्थ्यकर्मी सहित ७ जनालाई समेत कदर पत्र बुधबारनै प्रदान गरिएको छ । यसरी कदरपत्र प्राप्त गर्नेमा स्वास्थ्यकर्मीहरु चन्द्रकला खड्का, जीवनलाल ताजपुरिया, वविता सेलुवाल, युनिसा लुईटेल र सुमन मगर रहेका छन्।
त्यस्तै स्वास्थ्य कार्यालयका कर्मचारी गोपाल आचार्य र सुरज मल्लिकलाई पनि सानिमा हाइड्रोपावर लिमिटेड माईका बाताबरण अधिकृत देवराज गुरागाई, रेडक्रस इलाम जिल्ला शाखा सचिव बिजय शेखर भट्टराई लगायतले कदरपत्र प्रदान गर्नु भएको थियो।
सचिव हरिप्रसाद गुरागाईले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिबलाल आचार्यले ७ लाख ५२ हजार २ सय ६६ रुपैयाँको आर्थिक प्रतिवेदन पेश गर्नु भएको उद्घाटन सत्रमा प्रमुख अतिथि माईका मेयर खम्बा सिं लिम्बु, निबर्तमान मेयर दिपक कुमार थेवे, रेडक्रसकर्मी बिजय शेखर भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो।

बुधबारनै सम्पन्न बन्दसत्रबाट पुन २ बर्षका लागि मित्र प्रसाद गौतमको सभापतित्वमा ११ सदस्यीय समिति गठन गर्दै अधिबेशन सम्पन्न भएको छ। नवगठित समितिको उपाध्यक्षमा रञ्जना थापा, सचिब हरि प्रसाद गुरागाईं, उपसचिव ठाकुर खाती, कोषाध्यक्षमा सेतु तामाङ र उप कोषाध्यक्षमा चन्द्रमाया लिम्बु चयन हुनुभएको छ।
तीन सय सदस्य रहेको उपशाखाको सदस्यहरुमा ईश्वरी पराजुली, खेमराज लिम्बु, नेत्र प्रसाद भट्टराई, राधा तामाङ र हर्कवीर योङहाङ चयन हुनुभएको निर्वाचन समितिका सदस्य हरिप्रसाद पौडेलले जानकारी दिनुभयो।





























