न्यानो कपडा बितरण

0
201

बिराटनगर ।

बिराटनगर महानगरपालिका-१६ स्थित मुसहरी बस्तिमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा साना बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

१ नम्वर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा गरिव तथा असाह्य परिवारका ६० जना बालवालिकाहरुलाई न्यानो कपडा (ट्याक सुट) बितरण गरिएको हो ।

न्यानो कपडा बितरण कार्यक्रमका सहयोगी सामाजिक अभियान्ता राहुल भट्टराई तथा उषा गिरी समेतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here