पथरीशनिश्चरेमा जारी क्रिकेट च्याम्पियन कपको फाइनलमा पथरीशनिश्चरे वडा नं १ र ३ प्रवेश

0
219

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे-२ मा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा पथरीशनिश्चरे वडा नम्बर १ र ३ प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा वडा नम्बर १ ले वडा नं ४ माथि ९ विकेटले जित हासिल गर्दा वडा नम्बर ३ ले २ माथि ८ विकेटको जित हासिल गर्‍यो ।

पहिलो खेलमा वडा नम्वर ४ ले टस जितेर ब्याटिङ रोजेको थियो । १२ ओभरमा अल आउट हुँदै ३६ रन बनायो । वडा नम्बर ४ का कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । रोमन बुढाथोकीले सर्वाधिक ५ रन बनाए ।

उता,वडा नम्बर ४ लाई सस्तैमा समेटन वडा नम्बर १ का दिपेश श्रेष्ठले ३ बिकेट लिए । रोहन गहतराज र पुरुषोतम न्यौपानेले समान २-२ बिकेट लिए । अस्मिन महत र राज बस्नेतले समान १-१ बिकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १ ले ४ ओभरमा खेल आफ्नो पक्षमा पार्‍यो । आदर्श कार्कीले २४ र सागर कटुवालले ११ रन बनाए । वडा नम्बर ४ का लागि सनम दुलालले १ बिकेट लिए ।

दोश्रो खेलमा वडा नम्वर ३ ले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङ गरेको वडा नम्बर २ ले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १८१ रन बनायो । जसका लागि विशाल तामाङले अभिजित ९९ रन बनाए भने बिनायक लिम्बुले २४ रन बनाए। वडा नम्बर ३ का लागि अमर नेपाली र दिपेश भण्डारीले समान २-२ बिकेट लिए ।

१८२ को लक्ष्य लिएर मैदान उत्रिएको वडा नम्बर ३ ले १६ ओभर २ बलमा २ बिकेट गुमाएर लक्ष्य भेटायो । जसका लागि अनिश लुइटेलले ८४ र दिपेश भन्डारीले ६० रनको योगदान गरे । वडा नम्बर २ का बिशाल तामाङले १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच दिपेश भण्डारी घोषित भए ।

फाइनल खेल माघ ८ गते हुने छ । २ नम्बर वडाले आयोजना गरेको खेलकुद सप्ताह अन्तरगत क्रिकेट , फुटबल, चेस, दौड लगायतका खेल आयोजना भैरहेको वडा अध्यक्ष नैना राईले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here