वीरता लेडी जेसीजद्वारा प्रि इन्डक्सन लोम अफिसर ट्रेनिङ

0
198

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले प्रि इन्डक्सन लोम अफिसर ट्रेनिङ (तालिम) सम्पन्न गरेको छ ।

जेसीज सम्बन्धी ज्ञान, पदाधिकारीहरूको काम कर्तव्य र अधिकारको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिम वीरता लेडी जेसीजले बिर्तामोडमा सम्पन्न गरेको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

जेसीज सदस्यहरुलाई हरेक बर्ष प्रदान गरिने यस तालिममा यस पटक ३० जना लेडी जेसीज सदस्यहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक सेवक बजगाईँले गरेका थिए ।

तालिममा प्रमुख अतिथि गिरी, नेपाल जेसीज उपाध्यक्ष स्वस्तिका आचार्य, पूर्व अध्यक्ष पार्वता विमलीलगायतले जेसीज अभियानका लागि वर्ष २०२३ को टिमले गरेको कार्यको प्रशंसा गरेका थिए ।

तालिममा औचित्यमाथि प्रकाश निवर्तमान अध्यक्ष संगीता चिमरिया, आस्था वाचन कोपिला सिटौला, स्वागत मन्तव्य चन्द्रकला रिजालले गरेकी थिइन । कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन ।

चन्द्रकला रिजाल र कोपिला सिटौला तालिम संयोजक रहेका थिए । यसअघि गिरी नेतृत्वको लेडी जेसीजले झापाको बाह्रदशी गाउँपालिका–५ स्थित घोडामारा आधारभूत विद्यालयका ७५ जना विपन्न समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको गर्दै सेवामुखी सामाजिक अभियानको थालनी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here