पौडेल र काफ्लेलाई आर्थिक पत्रकारिता पुरस्कार

0
102

मेचीनगर, मेची उद्योग बाणिज्य संघको १८औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार धुलाबारीस्थित कृष्ण पार्टी प्यालेसमा आयोजना गरिएको मेची उद्योग बाणिज्य संघको १८औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेश १का मन्त्री तिलविक्रम मेयाङ्वोले सरकारको तीन खम्बे नीतिलाई निजी क्षेत्र, सहकारी लगायतले मुलुकको अर्थतन्त्र उकास्न अहम भूमिका निर्वाह गरिरहेको बताए ।
मन्त्री मेयाङ्वोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसात गरेर अघि बढिरहेको समेत बताए । मेचीनगरले वित्त विकास, राजनीतिक र सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेको मन्त्री मेयाङ्वोको भनाइ छ । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा संस्थाले दुई जना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जनसंसद अनलाइनका सञ्चालक सम्पादक मुक्ति पौडेल र निर्माणलहर साप्ताहिकका सम्पादक रोहित काफ्ले रहेका छन् ।

उनीहरुलाई जनही १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । पत्रकार छनौट समितिका सदस्य नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य सबिना बजगाँई, पूर्व सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली कांग्रेस नगरसभापति सुदय पनेरु, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु नरेन्द्र खड्का, केशवराज पाण्डे, बिजय डालमिया, पंकजबिक्रम नेम्बाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्वागतसहित अध्यक्षको प्रतिवेदन मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले प्रस्तुत गरेका थिए भने सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए । उक्त संघको निर्वाचन अगामी माघ २१ गते हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here