७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान

0
192

मेचीनगर,

७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टा र रोटरी कलब अफ काँकरभिट्टाको संयुक्त आयोजना र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) १ नम्बर प्रदेश प्रायोजक रहेको रक्तदानमा नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार केन्द्र विर्तामोडको प्राविधिक सहयोग रहेको थियो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले रक्तदान गर्दै कार्यक्रमको शुभारमभ गर्नुभएको थियो । प्रमुख भन्सार अधिकृत पाठकको यो २१ औँ पटक रक्तदान हो ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्हरी भन्सार कार्यालयका कर्मचारी, उद्योगी, व्यवसायी, रोटरियनसहित सर्वसाधारणगरी कुल ४० जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार केन्द्र विर्तामोडलाई हसतान्तरण गरिएको छ ।

यसअघि सोहि अवसरमा मेची भन्सार कार्यालय काँकरभिट्टा आयोजक मेची भन्सार एजेण्ट संघ प्रायोजक तथा मेची व्याडमिन्टन क्लबको प्राविधिक सहयोगमा खुल्ला झापा जिल्ला स्तरीय व्याडमिन्टन पुरुष डब्लस प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा चाण्क्य पाठक र नविन सिल्वालको जोडी प्रथम भएर नगद २५ हजार तथा बिसन रार्य । जुनन राईको जोडी दोस्रो भएर नगद १५ हजार तथा दिपक घिमिरे र विष्णु तामाङको जोडी तेस्रो भएर नगद १० हजार रुपैयाँ जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here