विवेकाश्रमको बार्षिकोत्सबमा सूर्य पुराण

0
197

झापा, साङ्गवेद संस्कृत माध्यमिक विद्यालय तथा विवेकाश्रम धामको ५२ औं बार्षिकोत्सबको अबसर पारेर सूर्य पुराण प्रारम्भ भएको छ ।
आचार्य पण्डित छन्दूराम भण्डारीको कथाबचन रहेको पुराणको उद्घाटन स्वामी सुवोधानन्दले गरेका छन् । काँशीबाट आएका १०८ स्वामी सुवोधानन्दसंगै नेपाल सरकारका उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले पुराण उद्घाटनसंगै सफलताको शुभकामना दिएका थिए ।
१७ गते समापन हुने गरी आयोजना गरिएको पुराणको उद्घाटन सत्र अघि २० भन्दा धेरै संघ संस्थाको उपस्थितिमा नौमति बाजा सहित सोभा यात्राको आयोजना गरिएको थियो । भक्तजनको उल्लेख्य सहभागीतामा आयोजित उद्घाटन सत्रमा ५२ वटा दीप प्रज्वलन गरिएको थियो । सो समारोहमा अंग्रेजी, नेपाली र संस्कृत भाषाबाट विद्यार्थीले आगन्तुकलाई स्वागत गरेका थिए ।
विवेकाश्रमका महासचिव तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष आचार्य पण्डित छन्दूराम भण्डारीले उद्घाटन सत्रमा औचित्य माथि प्रकाश पारेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविराज रेग्मीले प्रकाश पारेका थिए ।
पुराण उद्घाटन सत्रमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, २ नम्वर वडाध्यक्ष किशोर कुमार पौडेल, शिक्षा शाखा अधिकृत जानुका रेग्मी, केशरवहादुर खवाश लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सोमनाथ गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here