राज्यलाई जिम्मेवार बन्न बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह

0
214

बिर्तामोड ।

इलामको सूर्योदय नगरपालिका निवासी प्रेम आचार्यको निधनले आम ब्यवसायी दुखी भएको भन्दै ब्यवसायीको विषयमा गम्भिर बन्न विर्तामोड उद्योग वाणिज्य संघले सरकारसंग माग गरेको छ ।

युवा उद्यमी आचाार्यले ब्यवसाायबाट असफलता प्राप्त गरेको र रााज्यले पनि आफ्नो समस्या नसुनेको भन्दै मंगलबार काठमाण्डौं स्थित संसदभवन अगाडी आत्मदाह गरेका थिए । उनको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ ।

मृत्यु समस्याको समाधान नभएको भन्दै वाणिज्य संघले अन्य ब्यवसाायीको विषायमा गम्भिर बन्न वाणिज्य संघले आग्रह गरेको छ । वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– आचार्यको निधनले आमब्यवसायी तथा उद्यमीमा निरासा मात्र होइन आक्रोश पनि पैदा भएको छ । राज्यको नितिकै कारण कतिपय ब्यवसायी तथाा उद्यमीहरु पलायन भएको भन्दै यस तर्फ राज्य र सरकार गम्भिर बन्नु पर्नेमा जोड दिइएको छ ।

बैंकको चर्को ब्याजदरका कारण धेरै ब्यवसायी आक्रान्त बनेको भन्दै सरकारले नागरिकको आवश्यकताको विषयमा ध्यान दिन आग्रह गरिएको छ । आत्मदाहलाई आत्मघाति आक्रमणा समेत हुन सक्ने तर्फ सचेत बन्न आग्रह गर्दै सरकार गम्भिर बन्नुको विकल्प नभएको स्पष्ट पाारिएको छ । वाणिज्य संघले आचार्यको निधन प्रति समवेदना ब्यक्त गर्दै बुधबार साँझ नै श्रद्धााञ्जली सभा समेत राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here