नमूना सामुदायिक वनको २४ औं सभा सम्पन्न

0
144

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको २४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सभामा अध्यक्ष श्रेष्ठले संस्थाको गत आर्थिक वर्ष ०७८÷०७९को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक लोकनाथ दाहालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा आम्दानी ५४ लाख १५ हजार नौ सय ७५ रुपैयाँ ३५ पैसा, जम्मा खर्च ५३ लाख ४४ हजार तीन सय ४८ रुपैयाँ २५ पैसा र जम्मा बचत ७१ हजार छ सय २७ रुपैयाँ १० पैसा उल्लेख गरिएको छ ।

सोही सभामा संस्थालाई पाँच वर्षको क्रममा विभिन्न शिर्षकमार्फत् ७८ लाख ३६ हजार तीन सय नौ रुपैयाँ अनुदान सहयोग गर्ने डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय सुरुङ्गा, अर्जुनधारा नगरपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर र आजाद सामुदायिक संस्थालाई कार्यक्रममा सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

त्यसैगरी समूहका ज्येष्ठ उपभोक्ता सदस्यहरु छविलाल खरेल, पदमादेवी ओली, रंगलाल निरौला र लालबहादुर कटुवाललाई सम्मान पत्रसहित दोसल्लो ओढाई सम्मानित गरिएको थियो ।

सभामा निवर्तमान प्रदेश सांसद वृखबहादुर प्रधान, अर्जुनधारा–९का वडाध्यक्ष भीष्म मिश्र, नगर कार्यपालिका सदस्य गौरीमाया चिमरीया “अस्मिता”, नगर सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष दिव्यप्रसाद कट्टेल, नेपाली काँग्रेस अर्जुनधारा–११का सभापति जगत राना मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । समूहका उपाध्यक्ष सूर्यप्रकाश अधिकारीले स्वागत गरेको उक्त सभाको सञ्चालन सदस्य सन्तकुमार राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here