महारानीगञ्ज माविको ६५औं वार्षिकोत्सव शुरु

0
262

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सव बुधबारदेखि सुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।

तीन दिन सम्म सञ्चालन हुने वार्षिकोत्सव अन्र्तगत अन्तर सदन खेलकुद, सांस्कृतिक, हाजिरी जवाफ प्रतियोगिता, पुरस्कार वितरणलगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए ।

सोही कार्यक्रममा चालु आर्थिक वर्ष ०७९÷०८०मा सात लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पोशाक परिवर्तन कक्षसहितको पक्की छात्रा शौचालयको पनि उद्घाटन गरिएको थियो ।

त्यसैगरी समितिका निवर्तमान अध्यक्ष रोहितमान ढकाल, वर्ष उत्कृष्ट शिक्षक सम्मानबाट चन्द्रकला ढकाल, शान्तिराम दाहाल र सूर्यप्रसाद सापकोटालाई सम्मानित गरिएको थियो । त्यस्तै युवा व्यवसायी रोहितकुमार भट्टराईद्वारा स्थापना गरिएको ‘सूर्य–देवी उत्कृष्ट शिक्षा पुरस्कार–२०७८’बाट गरीब तथा जेहेन्दार विद्यार्थी दिव्या चौधरीलाई नगद पुरस्कार तीन हजार एक सय रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।

प्रधानाध्यापक लिम्बूले कार्यक्रमको औचित्यसहित विद्यालयको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराइएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष भैरवबहादुर खड्का, महारानीगञ्ज टोल विकास समितिका अध्यक्ष नरेन्द्र खड्का, पूर्व प्रधानाध्यापक हस्त परियार, नेपाली काँग्रेस वडा सभापति जगत राना मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका सदस्य एवम् शिक्षक भेषराज अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here