बिद्रोहका लाागि तयार रहन नेपाल कम्युनिस्ट पार्टी इलामको आह्वान

0
267

बिर्तामोड ।

नेपाल कम्युनिस्ट पार्टी इलामले सरकारको लाचारीपनका कारण युवा उद्यमी प्रेम आचार्यले आत्मदाहको बाटो रोज्नु परेको भन्दै आक्रोश ब्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी इलामका इञ्चार्ज सुमनसिंह सिले बुधबार एक विज्ञप्ती जारी गर्दै वर्तमान उत्पादन प्रणाली र बजारीकरणको र्दुदशा, बिचौलियाहरुको बिगबिगी र प्रभाव, दलाल राज्य ब्यवस्थाको चरम संकटका कारण यस्तो अवस्था आएको आरोप लगाएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलामले अब विद्रोहका लागि सबैलाई तयार बन्न उद्घोष गरेको छ । आत्मदाहको बाटो लिनुभन्दा विद्रोहको बाटो रोजेर ब्यवस्था र अवस्था परिर्वतनका लागि तयार रहन युवाहरुलाई आह्वान गरेको छ । आत्मदाहलाई राज्य सञ्चालन प्रणाली प्रतिको चरम निरासाको रुपमा चित्रण गरिएको नेपाल कम्युनिस्ट पार्टी इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here