दाहाल परिवारद्वारा शिवनारायण प्राविमा सरस्वती माताको मन्दिर निर्माण

१२ माघ २०७९, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

सरस्वती पूजाको अवसरमा बिहीबार झापाको अर्जुनधारा–४ स्थित शिवनारायण प्राथमिक विद्यालयमा नवनिर्मित सरस्वती माता मन्दिरको एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।

आमाबुबा ऋषिराम+कुसुमकुमारी दाहालसहित सम्पूर्ण पितृहरुको स्मृतिमा स्थानीय दाता दुर्गाप्रसाद+पुनमाया दाहाल परिवारबाट निर्माण गरिएको उक्त मन्दिरको प्रमुख अतिथि अर्जुनधारा नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीले उद्घाटन गरेका थिए ।

नवनिर्मित मन्दिरको साँचो सोही दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जिवी शिवाकोटीलाई हस्तान्तरण गरिएको थियो । अनुमानित एक लाख १० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त मन्दिरमा रहेको सरस्वती माताको मूर्तिको गत माघ १ गते हजुरआमा कृष्णकुमारी दाहालको वार्षिक पूण्यतिथिका दिन प्राण प्रतिष्ठा गरिएको दाता परिवारका सदस्य प्रकाश दाहालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवाललगायतले मन्तव्यसहित दाता परिवारको प्रशंसा गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष शिवशंकर रिजालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रधानाध्यापक लक्ष्मीप्रसाद खतिवडाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here