वाल कक्षाको रेखदेख र अनुगमन वडाबाट हुन्छ–वडाध्यक्ष वाग्ले

१२ माघ २०७९, बिहीबार मा प्रकाशित

बुद्धशान्ति ।

झापाको बुद्धशान्ति वडा नंम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आप्mनो वडाका सामुदायिक विद्यालयका वालकक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरुभएको बताउनु भएको छ ।

त्रिभुवन माविकोे ६६ औँ वार्षिकोत्सवमा आज प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै वडाध्यक्ष वाग्लेले सो बताउनु भएको हो । वद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा वडाका सामुदायिक विद्यालय (नमूना विद्यालयका रुपमा रहेको बुद्धआदर्श मावि बाहेक) का वालकक्षालाई यस वर्ष सुविधायुक्त वनाउने गरी वडाले वजेट विनियोजन गरेको र सोहि अनुरुप काम सुरुभएको वाग्लेले बताउनु भयो । नमूना विद्यालयका रुपमा रहेको बुद्धआदर्श माविको वाल कक्षा व्यवस्थित रहेको छ ।

वडाध्यक्ष वाग्लेले विद्यार्थी भर्ना हुने कक्षाका रुपमा रहेको वालकक्षाको कोठा व्यवस्थित गर्ने, टेलिभिजन नभएका विद्यालयको वाल कक्षामा टेलिभिजन जडान गर्ने, फर्म सहितको कार्पेट व्यवस्थापन गर्ने, वालवालिका सुत्नेखाट कक्षा कोठामा नै व्यवस्थापन गर्ने, कक्षा रङरोघन, सिलिङ तथा फेन व्यवस्थापन तथा वालकक्षामा सिसिटिभि जडान गरिने बताउनु भयो ।

वडाध्यक्ष वाग्लेले वालकक्षालाई प्रभावकारी बनाउन वडाका सबै सामुदायिक विद्यालयका वालकक्षामा सिसिटिभी जडान गरी सो कक्षाको रेखदेख, अनुगमन वडाबाटै हेर्ने गरीको प्रवन्ध मिलाइने समेत जानकारी दिनुभयो । सिसिटिभीबाट सो कक्षाको रेखदेख, अनुगमन विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका संयोजक, विद्यालयका पदेन सदस्य जनप्रतिनिधि, गाउँपालिका शिक्षा शाखा तथा वडाध्यक्षले प्रत्यक्ष गर्ने गरीको प्रवन्ध मिलाइने उहाँले बताउनु भयो ।

अभिभावकले भरोसा गर्नेगरीको शिक्षण सिकाइको विकासमा सबै पक्ष लाग्न सके सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्न समय नलाग्ने बडाध्यक्ष वाग्लेको भनाई छ । बुद्धशान्ति १ मा बुद्धआदर्श मावि नमूना विद्यालयका रुपमा विकास भएको छ भने अरु सामुदायिक विद्यालय नमूना आधारभूत विद्यालय र त्रिभुवन माविलाई वालकक्षा सुधार गर्न वडाले २÷२ लाख रुपैँया विनियोजन गरेको छ भने सरस्वती वालविकास केन्द्रलाई १ लाख रुपैँया वडाले विनियोजन गरेको छ ।

विद्यार्थी भर्ना हुने कक्षा वालकक्षालाई लोभलाग्दो कक्षाका रुपमा विकास गर्दै शिक्षण सिकाई र अतिरिक्त क्रियाकलापमा गुणात्मक सुधार गर्ने हो भने अवको ५ वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या हालको भन्दा दोब्बर बनाउन सकिने वाग्लेको विश्वास छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here