प्रगति अङग्रेजी माविको २६ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

0
170

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९स्थित प्रगति अङग्रेजी माध्यमिक विद्यालयको २६औं वार्षिकोत्सव तथा मेला उत्सव–२०७९ बिहीबार सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद गुरागाईंको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सोही वार्षिकोत्सवको सन्दर्भमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न खानाका स्टलहरु, विज्ञान प्रदर्शनी, कराते काता प्रदर्शनी, विषयगत शैक्षिक खेल, शैक्षिक पुरस्कार वितरण, स्पोर्टस मिट–२०७९को पुरस्कार वितरणलगायतका कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयका लेखापाल दिपेन्द्र सुब्बाले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद निरौलाले विद्यालयको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएको कार्यक्रममा शिक्षक मुना बस्नेतले स्वागत गरेकी थिइन् ।

विद्यालयका संयोजक एवम् शिक्षक सुनिल थापा मगरले औपचारिक कार्यक्रम र विद्यार्थीहरु आराध्या पराजुली, श्रेया अधिकारी, हृदीका प्रसाईंलगायतले सांस्कृतिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here