रामनगर आधारभूत विद्यालयमा पुनः लक्ष्मी

१७ माघ २०७९, मंगलवार मा प्रकाशित

बाह्रदशी , बाह्रदशी गाउँपालिका –३ मा रहेको रामनगर आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मी निरौला अधिकारी चयन भएकी छिन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्बसम्वत चयन भएकी हुन् ।
बाह्रदशी गाउँपालिका परिषद् सदस्य समेत रहेकी अधिकारीले यस अघि विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा ल्याएको परिवर्तनका कारण दोस्रो कार्यकालका लागि पनि उनी निर्विरोध अध्यक्षमा चयन भएको स्थानीयको भनाई छ ।
उनीसंगै सदस्यहरुमा रेखा तिम्सिना, झरुसिंह राजवंशी, मोति राजवंशी, टंक प्रसाद शाह र शिक्षकका तर्फबाट जगन्नाथ खनाल चयन भएका छन् । सदस्य सचिवमा भने विद्यालयका प्रधानाध्यापक नरेन्द्र ओझा चयन भएका छन् ।
यस अघि अधिकारीको नेतृत्वमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ६ लाख ५० हजार रुपैयाँ भित्र्याएर प्रोजेक्टर मार्फत पठन पाठन, विद्यालयको पूर्बी भागमा २ कोठे पक्की भवन निर्माण र सोको माथिल्लो तला थपका लागि प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालयबाट १० लाख बजेट विनियोजन भएको बताइएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील अधिकारी पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सक्रिय छिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here