चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको र काम अलपत्र पार्दा चिनियाँ राजदुतसंग जवाफ माग

0
150

काठमाडौं, 

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदूत सोङ्गले जवाफ दिएका थिए।

त्यसक्रममा राजदूत सोङ्गले टोखा–छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत गर्ने बित्तिकै चाइनाले थप कदम अगाडि बढाउने, ‘फिजिबिलिटी’ अध्ययन सकिनेबित्तिकै केरुङ–काठमाडौं रेलवेको काम अगाडि बढाइने, अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने र नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए।

चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलंकी–कोटेश्वर चक्रपथ, नारायणगढ–बुटवल सडक र मुग्लिन–पोखरा सडक बिस्तारमा असाध्यै ढिलाइ भएको र त्यसबाट जनताले सास्ती भोग्नुपरेकोमा समेत उपप्रधानमन्त्री श्रेष्ठले चासो राखेका थिए।

कलंकी–चाबहिल खण्डको केही स्थानमा अझै ‘साइट क्लिएर’ नभएको र नारायणगढ–बुटवल तथा मुग्लिन–पोखरा सडक निर्माण ढिलाइबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने राजदूत सोङ्गले बताए।

उपप्रधानमन्त्री श्रेष्ठले संखुवासभा–किमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङ्गको ध्यानाकर्षण गराएका थिए ।यस्तै, चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको जनाइएको छ । सिद्दार्थअनलाइन बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here