सुख : कहाँ र कसरी प्राप्त हुन्छ ?

0
220

मानिस सुखको खोजीमा छ । ऊ शान्तिसँग बाँच्न चाहन्छ । हामी जे–जे कर्म गर्छांै । त्यसको पछाडि सुख जोडिएको छ, र त्यसैको खोजमा भौतारिरहेको छ मानिस । घर बनाउँछ, धन दौलत जोड्छ । पैसा कमाउँछ पछि गएर भविष्यमा सुखको अपेक्षा गरिरहेका छन् । के साच्चिकै भन्नुपर्दा भौतिक सुखले हामीले चाहेको कुरा प्राप्त हुन्छ त ? हामीले चाहेको वास्तविक सुख कहाँ छ ? के भित्र लुकेर बसेको छ ? यसबारे सोचेका छौं त ? कुनै पनि परिस्थितिसँग दाँजेका छौं ? जस्तो कि घर, पैसा भयो भने सुख हुन्छ । श्रीमती असल छोराछोरी ज्ञानी भयो भने सुख हुन्छ । हामीले केही न केही शर्त राख्छौं । मिठो भोजनले सुख दिँदैन मात्र हामीलाई सन्तुष्ट दिन्छ । पैसा, गाडीले सुख दिँदैन मात्र सुविधा दिन्छ । सुविधा भएका सबै सुखहरु क्षणिक छन् । हामीले बुझ्नुपर्ने हुन्छ कि जुन कुरा परिवर्तनशील छन् स्थिर छैनन् । ती सबै सुख, शान्ति, आनन्द केही समयको लागि मात्र छन् ।

सुख त केवल मनसँग सम्बन्ध छ । हाम्रो मनको स्थितिलाई कस्तो मुडमा राख्ने ? प्रेम शान्ति, आनन्द, खुशी, करुणा, रिस, इष्र्या यी सबै मानवीय संवेदना हुन् । समय अनुसार मानिसका भावना विचारहरु पनि परिवर्तन भइरहेका हुन्छन् । खुशी, आनन्द, शान्त अहिलेको समयमा छ । मान्छे दुःखी हुने कारण भोलि के होला, कसो होला । भविष्यमा बाँच्छन् । तर, आजको खुशी, आनन्द, शान्त मनको तलासमा लागिरहेको छन् । जो आज दुःखी छ, अशान्त छ र मन बेचैन भएको छ । भोलिको दिनमा ऊ कसरी खुशी हुन सक्छ । जीवनमा त्यस्ता परिस्थितिलाई स्वीकार गरेर त्यसपछि सही निर्यण लिन सक्नु हो । वर्तमानलाई स्वीकार गरेर त्यो समयमा जिउन सक्नु हो ।

हामी कुनै पनि घटना तथा परिस्थिति शुरुमा स्वीकार गर्छौं । त्यो समयमा हाम्रो मन शान्त हुन्छ । शान्त भएपछि त्यो समस्यालाई समाधानको विकल्प बाटो रोज्न सकिन्छ । मान्छेहरु सफल कसरी हुन्छन् । मेहनत, धैर्य, लगन अनुशासन त्यो समयलाई स्वीकार गर्छन् र वर्तमानमा रमाउँछन् । त्यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् । ऊनीहरु मनको स्थितिबाट नै शक्तिशाली हुन्छन् । सानोतिनो कुराले हल्लाउन सक्दैन । सबै परिवर्तनशील छ भन्ने मनमा आउन थाल्यो भने त्यो समयमा खुशीका साथसाथै सुखको अनुभव गर्न पाउँछन् ।

ग्रोचो माक्र्सले भनेका छन्– ‘हरेक बिहान जब म आँखा खोल्छु तब आफूले आफैँलाई भन्छु कि आजको दिनलाई खुशी राख्ने वा उदास ? यसलाई छनौट गर्ने पूर्ण सामथ्र्य छ मसँग । मसँग एकदिन छ र म दिनभर प्रसन्न रहनेछु ।’ खुशी या उदास आफ्नो हातमा छ । जब तपाई बिहान उठ्नुहुन्छ त्यो समयमा प्रशन्न रहन सक्नुभयो भने दिनभर त्यो ऊर्जाले मद्दत गर्छ तपाईलाई । बिहानको पहिलो ऊर्जा अम्तिमसम्म रहन्छ । त्यसकारण संकल्प गर्नुप¥यो कि कस्तो अवस्थामा राख्ने ? ग्रोचो माक्र्सले यसै भन्न खोजेका छन् ।

अर्को पश्चिमी विद्वान टेनिसनले लखेका छन्– ‘शान्तिको अतिरिक्त अर्को आनन्द छैन ।’ वास्तवमै यदि मन व्यथित, उद्वेलित, संत्रस्त, अशान्त छ भने मखमलको पुलको खुस र शयनमा पनि आनन्द प्राप्त हुँदैन । जबसम्म मन स्वस्थ र शान्त हुँदैन, जस्तोसुकै भौतिक सुख–सुविधामा पनि मन रमाउन सक्दैनौ । यसको अर्थ के हो भने शान्ति बाहिरको सुख–सुविधामा छैन, भित्र मनमा छ । आध्यात्मिक गुरु चिदानन्दका अनुसार शान्तिको सोझो सम्बन्ध हाम्रो हृदयबाट सहृदय हुँदै शन्ति खोज्न सम्भव छ ।

शान्ति, आनन्द, सुख त हृदयबाट प्रस्फुटन हुन्छ । मानिसभित्र जुन चेतनाबाट जागृत हुन्छ । मन शान्त हुँदै त्यस्तो अवस्थामा सुख खोज्न सकिन्छ भनिएको छ । सुख–सुविधा भएता पनि मन खुशी भएन भने बाहिरको सुखमा शान्ति छैन । आध्यात्मिक गुरुहरुले ब्याख्या गरेका छन् ।

महान दार्शनिक सन्त आचार्यश्री महाप्रज्ञ भन्छन्– ‘यदि हामी अरूसँग शान्तिपूर्ण रुपमा बाँच्न चाहन्छौं भने हाम्रो पहिलो आवश्यकता हो आध्यात्मिक चेतनाको विकास ।’ अध्यात्मको उपेक्षा गरेर जतिसुकै शान्तिको खोजी गरे पनि त्यो प्राप्त हुँदैन । हामीले शान्तिको बाटोमा रोजेका छौं भने आध्यात्मिक चेतनाको विकास गर्न जरुरी देखिन्छ । तनको साथ साथै मनको पनि स्वास्थ राख्न आवस्यक छ । यदि मन ठिक छैन भने कसरी स्वस्थ रहन सक्छौ । खुशी अरु ठाउँमा खोज्न थाल्यौ भने जति खोजे पनि भेट्याउन सक्दैनौ । सुखको खोज गर्दा गर्दै हामी निराश हुन्छौं । दुःखी बनिरहेका हुन्छौं । आफूले आफैंलाई चिन्न प्रयास गर्नु पर्छ । हामीले देखेका जे–जति छन्, ती सबै माया हुन् । आध्यात्म जीवनबाट पनि सुखको अनुभव गर्न सक्छौं । त्यसकारण आध्यात्मिक तवरबाट चेतनाको विकासमा मद्दत पुग्छ ।

त्यसैगरी बुद्धले भनेका छन् कि, सुखको सबैभन्दा ठूलो स्रोत भनेको अरुलाई आफ्नो हृदयमा स्थान दिनु हो । जब हामी पूर्ण समर्पित भावले अरुको भलाई र सुखको परवाह गर्छौं, तब हाम्रो हृदय स्नेहले भरिन्छ । यतिबेला हामी शारीरिकरुपले पनि एकदमै आनन्दित अनुभूत गरिरहेका हुन्छौ । सुख कहाँ छ ? के मा छ ? कस्तो अवस्थामा छ । सुखको स्रोत के हो त ? यो भित्र जटिलता छ । हामी कसैलाई प्रेमपूर्वक भावले हेर्छौं । पूर्णरुपमा अरुको हितको लागि काम गर्छांै भने र शतप्रतिशत दिएका छौं । त्यहाँनेर पनि सुखको अनुभूति हुन्छ । सुखको स्रोतमा आफ्नो अरुलाई स्थान दिनु पनि हो । बुद्धको यो भनाइबाट प्रष्ट हुन्छ ।

विभिन्न विद्वानको परिभाषा र निस्कर्षबाट यो थाह पाउन सकिन्छ कि सुख बाहिर सुविधाहरुमा छैन । शान्ति, खुशी, आनन्द अनि सुख त मनसँग जोडिएको छ । सुख खोज्न कहिँ जान पर्दैन । आफूले आफैंलाई बुझ्न् चिन्न सकियो भने हामीले कुरा पाउन सकिन्छ । सुख केवल मन भावनासँग सम्बन्ध छ । व्यस्त र भागदौडको यो समयमा जीवन जिउने कलामा परिवर्तन ल्याउन आवश्यक छ । जे–जति छ केवल आफैसँग छ । सुखको खोज गर्दागर्दै जीवन बितेको पत्तो हुँदैन ।

व्यस्त जीवनशैली गर्दा आफैसँग भएको आनन्द शान्ति, खुशी, सन्तुष्ट जस्ता कुराहरु संकुचित भएर बसेको छ । क्षणिक खुशीको लालचमा बाचेका छन् मानिसहरु । बिशाल दृष्टिकोणबाट हेरौं जीवनलाई । आफूले आफैलाई बुझ्न् सिकौं । एकछिन सजक भएर हेरौं । आफूभित्र उठ्ने विचार भावनाप्रति । सुख खोज्न धेरै टाढा गई रहन पर्दैन । जुन हामीले चाहेको र खोज गरिरहेका छौं । खुशी, शान्ति, आनन्द, सन्तुष्ट जस्ता अमूल्य कुराहरु हामीसँगै छ । यी निःशुल्क छन् । जब जीवनमा शान्ति बढ्दै जान्छ । सुख पनि उत्तिकै बढ्न थाल्छ । जीवन परिवर्तनशील छ भनेर बुझौं र यसलाई स्वीकार गरौं अनि जीवनमा शान्तिपूर्वक बाँचौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here