लागूऔषध सहित सात जना पक्राउ

0
251

बिराटनगर। 

झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का २२ बर्षीय अर्जुन आले र ३८ बर्षीय कृष्ण लिम्वुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एक ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर–१६ स्थितमा भारतबाट नेपाल तर्फ संकास्पद अवस्थामा आउदै गरेका पैदल यात्री धरान–१३ का २० बर्षीय शुक्र भुजेल, २१ बर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको हो ।

यसैगरी उदयपुरको प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका–४ मा चेकजाँचको क्रममा बेलका नगरपालिका–३ का २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here