उर्लाबारीमा प्रादेशिक तथा औद्यौगिक कृषि महोत्सवमा भोलि २१ गतेदेखि

0
149

छविराज ढकाल/ पथरीशनिश्चरे,

उर्लाबारी नगरपालिकाद्वारा आयोजित प्रादेशिक तथा औद्यौगिक कृषि महोत्सवमा भोलि शनिबारदेखि शुरु हुने भएको छ।

आज शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव आयोजक समितिका संयोजक भरत भट्टराईले जानकारी दिएका हुन्।

उर्लाबारी उद्योग तथा वाणिज्य संघको आयोजनामा भोलि २१ गतेदेखि २८ गते सम्म व्यावसायीहरुलाई चलायमान गराउँदै स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको क्रय -शक्ति बृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ।

अहिले व्यापारीहरूको व्यवसायमा लगातार अस्थिरता जारी आइरहेको भन्दै महोत्सव संयोजक भट्टराईले उर्लावारी क्षेत्रमा उत्पादित वस्तुहरूलाई एउटै महोत्सवको माध्यमबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिजहरूको विक्री गर्ने र व्यवसायीहरूको व्यवसायलाई चलायमान गराउने र दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेर क्रय शक्ति बढाउने उद्देश्य रहेको बताए।

उनले कृर्षि र पर्यटनलाई प्रवर्द्धन गर्ने अर्को उद्देश्य रहेको बताउँदै उनले आर्थिक स्थितिलाई जागरुक बनाउनु र आम्दानीमुलक बनाउन चाहेको बताए ।

सोहि क्रममा महोत्सव आयोजना गरिए पछि १४ देखि १५ करोड रुपैयाँ बराबरको व्यापारिक कारोवार हुने र त्यसमा ३/४ करोडको हाराहारीमा खर्च हुने अनुमान गरिएको सह- संयोजक प्रितम खड्गीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here