लागूऔषधविरुद्ध जनजागरण ल्याउन अर्जुनधारामा फुटबल

२० माघ २०७९, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ,

खेलकुदको माध्यमबाट समाजमा लागुऔषध विरुद्ध जनजागरण ल्याउने उद्धेश्यले झापाको अर्जुनधारामा शुक्रबारदेखि प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।

शनिश्चरे फुटबल क्लबको आयोजनामा अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

प्रतियोगिताका आयोजक समितिका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष नीरबहादुर कार्कीले र कार्यक्रमको सञ्चालन सुनिल थापा मगरले गरेका थिए ।

यसैबीच सोही दिन सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा–४लाई सडन डेथमा ४–५ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–८ विजयी भएको छ ।

निर्धारित समयको खेलमा १–१ र टाईब्रेकरमा ४–४ गोल बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट भएको थियो । उद्घाटन खेलका उत्कृष्ट खेलाडी पराजित अर्जुनधारा–४का पारस तामाङलाई अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपानेले एक जोर बुट हस्तान्तरण गरेका थिए ।

भोलि(शनिबार)को खेल अर्जुनधारा–१ र अर्जुनधारा–२बीच हुने समितिका सचिव पेमा तामाङले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश तीस हजार र २० हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here