एममिसी पारदर्शी र नेपाली जनताको हितमा छ: भिक्टोरिया न्युल्यान्ड

२१ माघ २०७९, शनिबार मा प्रकाशित

काठमाण्डौं ।

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाललगायतसँग भएको भेटवार्ताका क्रममा अमेरिकी सहयोग परियोजनाहरूमा अर्को कदमबारे कुरा भएको जानकारी दिईन् । एमसिसी पारदर्शी र नेपाली जनताको हितमा भएकाले यसको कार्यान्वयन महत्वपूर्ण भएको उनको भनाई छ ।

सोमबार ललितपुरको पाटनमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनको क्रममा उनले भनिन्,‘नेपाल दुई ठूला छिमेकीबीच अवस्थित मुलुक हो। र यी दुबै मुलुकमध्ये भारतसँग अमेरिकाका सुमधुर सम्बन्ध छ। चीनसँगको सम्बन्ध सुधारमा पनि बाइडेन प्रशासन लागिरहेको छ,’ उनले भनिन्,‘यी दुई ठूला मुलुकसँगको भूराजनीतिभन्दा पनि हामी नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहन्छौं।’

उनले धेरै अमेरिकीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको सुनाए । उपविदेशमन्त्री न्युल्याण्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी थिईन् । उनले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेकी थिईन् । यस्तै, उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here