जनश्रुती महिला साकोसको रक्तदानमा ५४ पिन्ट रगत संकलन

२१ माघ २०७९, शनिबार मा प्रकाशित

बिर्तामोड, जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडद्वारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रगत दान गरेका छन् । त्यसमध्ये १९ जना महिला रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा शनिवार बिर्तामोड मुक्तिचोकको दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले बताइन् ।सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले वर्षेनि रक्तदान कार्यक्रम गर्दै आएको उनले जानकारी दिइन् । बचत तथा ऋणको कारोबारसंगै संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्थाकी सचिव ममता राजवंशीले बताइन् । उनले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको संस्थाले अब केही दिनपछि स्वास्थ्य शिविर आयोजना गर्ने जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here