स्वास्थ्यमन्त्री गिरीलाई झापामा सम्मान

0
270

बिर्तामोड, नेपाल दशनामी समाज झापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई सोमबार बिर्तामोडमा एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।


दशनामी समाज झापाका अध्यक्ष केदार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका तर्फबाट सामुहिकरुपमा सम्मानपत्र प्रदान गरिएको थियो । त्यसक्रममा बोल्दै मन्त्री गिरीले सम्मानप्रति धन्यवाद ज्ञापन गरे । उनले मुलुकको स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले प्रयत्न गरिरहेको बताए । तर सुधारका लागि सहज अवस्था नरहेको बताउदै मन्त्री गिरीले विपन्न नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सुलभरुपमा पाउने वातावरण सुनिश्चित गर्ने उल्लेख गरे ।
कार्यक्रममा दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरी, प्रदेश समिति अध्यक्ष चन्द्रप्रसाद गिरी, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले मन्त्री गिरीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन बलराम गिरीले गरेका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here