बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन

0
151

बिर्तामोड, बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरीएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा आईतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङलाई मनोनित गरीएको छ । यस्तै समितिको सदस्यमा राम प्रसाई, सुदिप खवास, माधब खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, बिशाल अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकि चौधरी र शारदा दाहाल रहनु भएको छ । यस्तै समितिको सदस्य सचिवमा बिशन लिम्बुलाई मनोनित गरीएको छ ।

बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका वोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ । यस्तै निर्देशिकामा समितिको उपाध्यक्ष र सदस्य सचिवमा नगर प्रमुखले तोकेको व्यक्ति रहने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here