प्रथम यू–१८ वडास्तरिय फुटबलको उपाधि अर्जुनधारा–६लाई

२९ माघ २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा, शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा–६ले जितेको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा अर्जुनधारा–१लाई ३–४ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–६ले उपाधि जितेको हो ।
अर्जुनधारा–६को जितको लागि खेलको १०औं मिनेट, ३३औं मिनेट, ५२औं मिनेट र ५८औं मिनेटमा क्रमश सुजन गौतम, ईश्वर मेचे, रोहन मेचे र उपेन राईले गोल गरेका थिए । त्यसैगरी पराजित टिम अर्जुनधारा–१का लागि खेलको ३९औं मिनेट र थप समयमा सविन योङहाङले दुई गोल गरेका थिए । थप एक गोल खेलको ४७औं मिनेटमा सुनिल लोहारले गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रविन विश्वकर्मा(अर्जुनधारा–१), बेस्ट गोलकिप्पर अनिल दनुवार(अर्जुनधारा–६), बेस्ट डिफेन्स सुनिल लोहार(अर्जुनधारा–१), बेस्ट मिडफिल्डर सुजन गौतम(अर्जुनधारा–६) बेस्ट फरवार्ड गणेश गजमेर(अर्जुनधारा–१), फेयर प्ले टिम अर्जुनधारा–३ र फाइनल खेलको म्यान अफ दी म्याच सविन योङहाङ(अर्जुनधारा–१) भएका थिए ।
त्यसैगरी प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार ३० हजार र २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगिता आयोजक समितिका संयोजक सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा विजेता तथा उपविजेता हुने खेलाडीहरुलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राई, शनिश्चरे प्रहरी चौकीका इञ्चार्ज वरिष्ठ सई कुमार ढकाललगायतले पुरस्कारहरु वितरण गरेका थिए ।
सोही कार्यक्रममा पूर्व फुटबल खेलाडीहरु गौरीशंकर श्रेष्ठ, टिका पोखरेल, दीपेन्द्र ढकाल, प्रशन्न श्रेष्ठ, भरत बुढाथोकी, रोहीत श्रेष्ठ र लोकबहादुर मगरलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । अर्जुनधारा–११स्थित एभरग्रीन इङलिस बोर्डीङ स्कूलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपक ढुंगानाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here