क्युपेक नेपाल अर्जुनधाराको पाँचौं अधिवेशन सम्पन्न

२९ माघ २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक नेपाल) अर्जुनधाराको पाँचौं नगर अधिवेशन आइतबार सम्पन्न भएको छ ।
अर्जुनधारा–८ शनिश्चरे बजारस्थित सामुदायिक भवनमा नगर कमिटीका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि क्युपेक नेपालका केन्द्रीय उपाध्यक्ष अम्बिरकुमार लिङदेनले उद्घाटन गरेका थिए ।
उनले अधिवेशनलाई सम्बोधन गर्ने क्रममा श्रमिकहरुको लागि आवश्यक श्रमिक डेस्क सबै पालिकाहरुमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी कार्यक्रममा संस्थामा विशेष योगदान पु¥याउन सफल मुना काफ्लेलाई सम्मान पत्र र मायाको चिनोसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा–२का वडाध्यक्ष सिद्धार्थ श्रेष्ठ, ७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, क्युपेक मेचीनगरका अध्यक्ष दीनेश गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कमिटीका उपाध्यक्ष लोकनाथ दुलालले स्वागत गरेको उक्त अधिवेशनको सञ्चालन क्युपेक झापाका सचिव निरानन्द गिरीले गरेका थिए ।
सोही अधिवेशनले लोकनाथ दुलालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको क्युपेक नेपालका केन्द्रीय सदस्य देवकुमार राईले जानकारी दिए ।
नवगठित कमिटीको उपाध्यक्षमा लक्ष्मण दनुवार, सचिवमा विपीन महतो, सहसचिवमा राम बानियाँ, कोषाध्यक्षमा धीरेन राजवंशी र सदस्यहरुमा अनिता मण्डल, टोलबहादुर गुरुङ, राधा गुरुङ, रामप्रसाद घिमिरेलगायत रहेका छन् ।
त्यस्तै अधिवेशनले निवर्तमान अध्यक्ष बस्नेतलाई प्रमुख सल्लाहकार र तिलबहादुर तामाङलाई सह सल्लाहकारमा चयन गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here