फागुन ६ गतेदेखि प्याब्सनको ‘स्पोटर्स मिट’

0
156

झापा, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन) झापाले फागुन ६, ७ र ८ गते जिल्ला स्तरीय खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
प्याव्सन झापाको वार्षिक कार्यतालिका अनुसार ‘स्पोटर्स मिट’को फाइनल खेल गर्ने र कार्यक्रम समापन गरिने खेलकुद उप समिति संयोजक टी आर गौतमले बताए । झापाका १४ वटै पालिकाबाट खेलकुद विधामा छनौट भएका विद्यालयले जिल्ला स्तरीय ‘स्पोटर्स मिट’मा सहभागीता जनाउने आज वुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
खेलकुद प्रतियोगिता अन्तरगत फुटवल ,भलिवल, क्रिकेट प्रतियोगितामा छात्र– छात्राले छुट्टा छुट्टै प्रतिष्पर्धा गर्ने प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले जानकारी दिए ।
प्रतियोगिताका फाइनल खेलहरु शिवसताक्षी नगरपालिकाको दुधेस्थित खेल मैदानमा हुने बताइएको छ ।
यस अघि विभिन्न विधाका खेलमा उत्कृष्ठ विद्यार्थीले ‘स्पोटर्स मिट’को फाइनल खेलमा सहभागी जनाउने र उत्कृष्ठ विद्यार्थी तथा विद्यालयलाई पुरस्कार प्रदान गरिने प्याव्सन झापाका सदस्य सुमन शर्मा जमरकट्टेलले बताए ।
पालिका स्तरीय प्रतियोगिता अन्तरगत भएको फुटवल खेलमा ३२ सय भन्दा बढी विद्यार्थीले सहभागीता जनाएका थिए भने भलिवल तर्फ १२ सय छात्र र नौ सय छात्राले सहभागीता जनाएका थिए ।
त्यस्तै हाइजम्पव, लङजम्प दौड, एथलेटिक्स लगायतका विभिन्न विधामा भएका प्रतिष्पर्धामा ४ हजार भन्दा बढी विद्यार्थीले सहभागीता जनाएको प्याव्सन झापाले जनाएको छ । पालिका स्तरीय प्रतियोगितामा भएका खेलहरुमा ४० लाख भन्दा बढी खर्च भएको बताइएको छ ।
विद्यार्थीहरुको पढाईसंगै खेलकुद क्षेत्रलाई समेत अगाडि बढाउने उद्देश्यले हरेक वर्ष खेलकुद कार्यतालिका बनाएर प्रतियोगिता गर्ने गरेको प्याव्सन झापाले जनाएको छ । प्याव्सन झापामा ३४६ वटा विद्यालय आवद्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here